Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

निजी विद्यालयको नाम नेपालीमा राख्न मेयर बालेनको अल्टिमेटम

निजी विद्यालयको नाम नेपालीमा राख्न मेयर बालेनको अल्टिमेटम

  • शुक्रवार, चैत्र १६ २०८०

  • 821
    SHARES

  • निजी विद्यालयको नाम नेपालीमा राख्न मेयर बालेनको अल्टिमेटम

    काठमाडौं। काठमाडौं महानगरपालिकाभित्र रहेका निजी विद्यालयको नाम नेपालीकरण गर्न अल्टिमेटम दिइएको छ। हिजो महानगरपालिकाले एक सूचना जारी गर्दै निजी विद्यालयलाई १ महिनाको अल्टिमेटम दिएको हो।

    शिक्षा नियमावली २०५९ को नियम १५४ (१) तथा काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७४ को नियम ७० मा व्यवस्था भएबमोजिम नेपालीपन झल्कने गरी विद्यालयको नामाकरण गर्नुपर्ने व्यवस्था भएकोले सो व्यवस्था बमोजिम विद्यालयको नामाकरण गर्न समेत सूचनामा भनिएको छ ।

    ‘नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्नका लागि प्रक्रिया अघि बढाई एक महिनाभित्र विद्यालय व्यवस्थापन समितिको निर्णयसहित निवेदन पेस गर्नुहुन अनुरोध छ, महानगरपालिका अन्तर्गतको शिक्षा विभागद्वारा जारी सूचनामा भनिएको छ ।’

    ktm-school-1117x1536.jpg


    शुक्रवार, चैत्र १६ २०८०१२:३२:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij