Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

एमडीएमएस खरिदमा भ्रष्टाचार, प्राधिकरणका तत्कालीन अध्यक्ष झा र खनालसहित २० जनाविरुद्ध मुद्दा दायर

एमडीएमएस खरिदमा भ्रष्टाचार, प्राधिकरणका तत्कालीन अध्यक्ष झा र खनालसहित २० जनाविरुद्ध मुद्दा दायर

९१ करोड ९८लाख बिगो माग
  • बिहिवार, चैत्र १५ २०८०

  • 680
    SHARES

  • एमडीएमएस खरिदमा भ्रष्टाचार, प्राधिकरणका तत्कालीन अध्यक्ष झा र खनालसहित २० जनाविरुद्ध मुद्दा दायर
    काठमाडौं । नेपाल टेलिकमको एमडीएमएस (मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम) को खरिद तथा उपकरण जडानमा अनियमितता गरेको आरोपमा  दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा र पुरूषोत्तम खनालसहित २०  जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
     
    अख्तियार दुरूपयोग अनुसन्धान आयोगले स्वीकृत गरेको भन्दा बढी रकममा एमडीएमएसको उपकरण खरिद गरी भ्रष्टाचार गरेको आरोपमा उनीहरूविरुद्ध आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो। उनीहरूविरुद्ध ९१ करोड ९८लाख ३० हजार ८८२   बिगो माग गरिएको छ।
     
    आयोगका  अनुसार  एमडीएमएस खरिद तथा उपकरण जडानमा अनियमितता गरेको पुष्टि हुन आएकाले प्राधिकरणका तत्कालीन अध्यक्ष  झा,  खनाल, पूर्व वरिष्ठ निर्देशक आनन्दराज खनालसहित २० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।
     
    एमडीएमएसको खरिदमा अनियमिततामा मुछिएपछि तत्कालीन अध्यक्ष खनालले राजीनामा दिएका थिए। उनीहरूले एमडीएमएस खरिद प्रक्रियाको टेण्डर प्रक्रिया,परामर्शदाता छनौटलगायतका काममा  भ्रष्टाचार गरेको अख्तियारको ठहर छ। 
     
    यसअघि प्रतिनिधिसभाअन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले प्राधिकरणबाट एमडीएससम्बन्धमा सुरूदेखि भएका नीतिगत निर्णय,खरिद प्रक्रिया भुक्तानी र कार्यान्वयनको औचित्यमाथि प्रश्न उठाउँदै कागजात झिकाएको थियो।
     
    नेपाल दूरसञ्चार प्राधिकरणले उक्त सिस्टम २०७९ साल भदौ ३० गतेदेखि लागू गरेको थियो। नेपालमा भित्रिने मोबाइल फोनहरूको गैरकानुनी आयात रोक्न एमडीएमएस सिस्टम लागू गरेको थियो।


    बिहिवार, चैत्र १५ २०८००४:४४:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij