Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

गरिमा विकास बैंकको सीईओमा उपाध्याय नियुक्त

गरिमा विकास बैंकको सीईओमा उपाध्याय नियुक्त

  • बिहिवार, चैत्र १५ २०८०

  • 944
    SHARES

  • गरिमा विकास बैंकको सीईओमा उपाध्याय नियुक्त

    काठमाडौं। गरिमा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा माधव प्रसाद उपाध्याय नियुक्त हुनु भएको छ। बैंकको बुधवार बसेको सञ्चालक समितिको बैठकले बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत उपाध्यायलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो।

    बैठकले बैशाख १ गतेदेखि लागू हुने गरी ४ वर्षको लागि उहाँलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो। व्यवस्थापनमा स्नातकोत्तर गर्नु भएका सकारात्मक सोचका व्यक्तित्व उपाध्याय गरिमा विकास बैंक लिमिटेडमा स्थापना कालदेखि कार्यरत रहनुका साथै विगत १५ वर्षदेखि कम्पनी सचिवको रुपमा र विगत ११ वर्षदेखि डेपुटी सीईओ पदमा कार्यरत हुनुहुन्छ।

    उहाँ बैंकिङ क्षेत्रमा प्रवेश गर्नुपूर्व करिब डेढ दशक अध्यापन/प्राध्यापन पेशामा संलग्न रहनुभएको थियो। १५ वर्षदेखि निरन्तर प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आउनु भएका गोविन्द प्रसाद ढकालको कार्यकाल २०८० चैत्र मसान्तमा समाप्त हुने भएसंगै २०८१ बैशाख १ गतेदेखि रिक्त हुने प्रमुख कार्यकारी अधिकृत पदमा नायब प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायलाई सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने निर्णय गरेको हो।

    साथै, सोही बैठकले विकास बैंकमा कार्यरत सहायक प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीलाई चैत्र १५ गतेदेखि लागू हुने गरी विकास बैंकको कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय समेत गरेको छ। काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाडौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।


    बिहिवार, चैत्र १५ २०८००१:१६:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij