Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

गृहमन्त्री लामिछानेमाथि समिति बैठकमा प्रश्नको चाङ, सहकारी ठगी प्रकरणमा स्पष्ट पार्न माग, आइजीपीले गरे बचाउ (खासखबर)

गृहमन्त्री लामिछानेमाथि समिति बैठकमा प्रश्नको चाङ, सहकारी ठगी प्रकरणमा स्पष्ट पार्न माग, आइजीपीले गरे बचाउ (खासखबर)

  • बुधवार, चैत्र १४ २०८०

  • 543
    SHARES

  • गृहमन्त्री लामिछानेमाथि समिति बैठकमा प्रश्नको चाङ, सहकारी ठगी प्रकरणमा स्पष्ट पार्न माग, आइजीपीले गरे बचाउ (खासखबर)

    काठमाडौं। राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री रवि लामिछानेको सूर्यदर्शन सहकारी सम्बन्धि ठगीको विषयमा प्रश्न उठेको छ। संसदमा प्रतिपक्षी दल नेपाली कांग्रेसले चर्को रुपमा उठाइरहेको विषय समिति बैठकमा समेत समावेश भएको छ।

    नेपाली कांग्रेसका सांसद दिलेन्द्र बडूले सहकारी काण्डमा रवि लामिछाने भन्ने व्यक्तिको नाम मुछिएको भन्दै गृहमन्त्रीकै नामसँग मिल्न गएको हो वा उहाँनै हो भनेर प्रश्न गर्नुभएको थियो। सहकारीमा धेरै नागरिकहरु प्रताडित भएको भन्दै उहाँले यो मुद्धामा सरकारको जवाफ माग्नुभएको हो ।

    सत्तासाझेदार दल नेकपा एमालेले पनि सहकारीमा अनियमितता गरेको आरोप लागेका मुख्य पात्र जीबी राई कहिले पक्राउ पर्छन् भन्दै गृहमन्त्री लामिछानेको जवाफ मागेको छ। सांसद पृथ्वीसुब्बा गुरुङले अघिल्लो बैठकमा उठाइएको सहकारी हिनामिना प्रकरणको जवाफ दिनुपर्ने बताउँदै भ्रष्टाचारको मामलामा सौदाबाजी नहुने स्पष्ट पार्नुभयो ।

    नेपाल प्रहरीका आइजीपी बसन्त कुँवरले सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेको कुनै संलग्नता नरहेको स्पष्ट पार्नुभएको छ। प्रहरीको अहिलेसम्मको अनुसन्धानमा लामिछानेले ठगी गरेको प्रमाण नभेटिएको बताउनुभयो । जीबी राईको हकमा इन्टरपोलमार्फत् खोजीकार्य जारी रहेको कुँवरको भनाइ छ।

    यता, उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सहकारी प्रकरणको मुद्दामा आफ्नो नाम नभएको जवाफ दिनुभएको छ। सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै न हस्ताक्षर, न औठाछाप, न निवेदन त न केवाईसी केही नभएको उहाँको दाबी छ। सहकारी प्रकरणमा आफ्नो संलग्नता भेटिए कारबाहीका लागि तयार रहने उहाँको प्रतिवद्धता थियो ।

    सहकारीको रकम दुरुपयोग गर्नेमा गृहमन्त्री लामिछाने पनि संलग्न रहेको भन्दै कांग्रेसले आलोचना गरिरहेको छ। संसदमा तारन्तार उसले लामिछानेको राजीनामा माग गर्दैै आएको छ। गृहमन्त्रीले आफ्नोबारे प्रष्ट्याउँदा समेत कांग्रेस पत्याउन सकिरहेको छैन ।


    बुधवार, चैत्र १४ २०८००८:२२:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij