Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

बुटवलका मासुपसलमा मनपरी,अधिकांश पसलमा कुहिएको मासु

बुटवलका मासुपसलमा मनपरी,अधिकांश पसलमा कुहिएको मासु

  • बुधवार, चैत्र १४ २०८०

  • 563
    SHARES

  • बुटवलका मासुपसलमा मनपरी,अधिकांश पसलमा कुहिएको मासु

    काठमाडौं। बुटवलका केही मासुपसलमा मनपरी गरेको पाइएको छ। बुटवल उपमहानगरपालिकाले आज (बुधबार) नेपालगञ्ज रोड र इटाभट्टीका ११ मासु पसलमा गरिएको अनुगमनका क्रममा अधिकांशले सडेगलेको मासु बेचेको, सरसफाइमा ध्यान नदिएको, खशीबोका र कुखुराको मासु एकैठाउँमा स्टोरेज गरेको पाइएको हो।

    मनपरी गर्ने मासु व्यवसायीलाई अन्तिमपटक भन्दै सचेत गराइएको र २ वटा मासु पसललाई जनही ५–५ हजार रुपैयाँ जरिवाना गराईएको बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले बताउनु भयो।उहाँले मासु व्यवसायमा मनपरी बढ्दै गएको र नियमन गर्दै पशु बधशालाबाट मासु ल्याउनका लागि सचेतना फैलाउने काम भइरहेको बताउनु भयो।

    बुटवल उपमहानगरपालिकाले उपभोक्ता हित संरक्षण मञ्च, मासु व्यवसायी संघ,होटल व्यवसायी संघ, उद्योग वाणिज्य संघ, व्यापार संघका प्रतिनिधिसहितको अनुगमनका क्रममा मनपरी गर्ने व्यवसायीलाई सचेत गराउने र गल्ती दोहो¥याएमा थप कारबाही गर्ने उहाँले बताउनुभयो।

    उहाँका अनुसार मासु पसलहरुले सफा र स्वच्छ मासु उपलब्ध नगराउने र उपभोक्ताको हितविपरीत बिक्री वितरण गर्ने गरेको पाइएमा कानुनबमोजिम कारबाही गरिनेछ। उहाँले पशु बधशालामा बध गरेको मासुमात्रै बिक्री वितरण गर्नुपर्ने प्रावधानको पालना गर्न सबै व्यवसायीलाई आग्रह गर्नुभयो ।

    पशुपंक्षी विकास शाखाका झविन्द्र बञ्जाडेले मासु पसलहरु मापदण्डअनुसार सञ्चालन नभएको बताउँदै मापदण्डमा नआउनेलाई कारबाहीको दायरामा ल्याइने बताउनुभयो।उहाँले पशु बधशाला तथा मासु सम्बन्धी संघ, प्रदेश र स्थानीय कानूनअनुसार बुटवलमा कार्यान्वयन हुने बताउनुभयो।

    अनुगमन शाखा अधिकृत ठगिश्वर पोखरेलले अनुगमनका क्रममा सचेत गराइएकालाई पालना नगरेमा कारबाही अगाडि बढाइने बताउनु भयो।


    बुधवार, चैत्र १४ २०८००५:३८:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij