Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

सहकारी प्रकरणमा मेरो संलग्नता छैन : गृहमन्त्री रवि लामिछाने

सहकारी प्रकरणमा मेरो संलग्नता छैन : गृहमन्त्री रवि लामिछाने

  • बुधवार, चैत्र १४ २०८०

  • 959
    SHARES

  • सहकारी प्रकरणमा मेरो संलग्नता छैन : गृहमन्त्री रवि लामिछाने

    काठमाडौं। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको दाबी गर्नुभएको छ। राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले कुनैपनि सहकारीको रकम आफूले हिनामिना नगरेको स्पष्ट पार्नुभएको हो।

    राज्य व्यवस्था समितिमा कांग्रेस सांसद दिलेन्द्र प्रसाद बडूले सहकारी प्रकरणमा नाम मुछिएकाले गृहमन्त्रीले राजीनामा दिएर सहयोग गर्नुपर्ने बताउनु भएको थियो। उहाँले छानबिनको निष्पक्षताका लागि गृहमन्त्री नै रवि लामिछाने हो भन्ने जनतालाई विश्वास दिलाउनका लागि भएपनि छानबिन अवधिमा बाहिर बस्न आग्रह समेत गर्नुभयो।

    सांसदले बडूले सहकारीमा एक करोड जम्मा भएको र रवि लामिछाने गृहमन्त्री हुन् या अन्य कोही व्यक्ति हुन‍्? भन्दै प्रश्न समेत गर्नुभयो। जवाफमा गृहमन्त्री लामिछानेले सहकारीमा आफ्नो नामबाहेक केही नभएको दावी गर्नुभयो।

    उहाँले भन्नुभयो, ’सहकारीमा जहाँ मेरो नाम भनिएको छ। त्यहाँ नामबाहेक केही छैन। हस्ताक्षर छैन। न ल्याप्चे छ। न मैले निवेदन दिएको छु। मेरो सामान्य केवाईसी भरिएको छ। त्यहाँ केही पनि भरिएको छैन। न अनुसन्धान भएको थाहा छ। त्यो मुद्दा अदालतमा दर्ता भएको छ। मुद्दामा म प्रतिवादी छैन। बयानमा मेरो नाम रवि लामिछाने भनेर उल्लेख पनि छैन, जाहेरी छ जो प्रहरीले सूचनाको रुपमा लिएको जानकारी आएको छ।’


    बुधवार, चैत्र १४ २०८००३:४९:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij