Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

‘शान्ति प्रक्रियालाई राष्ट्रिय समझदारीअनुसार नै टुङ्गो लगाउछौं ’; प्रधानमन्त्री ‘प्रचण्ड’

‘शान्ति प्रक्रियालाई राष्ट्रिय समझदारीअनुसार नै टुङ्गो लगाउछौं ’; प्रधानमन्त्री ‘प्रचण्ड’

  • बुधवार, चैत्र १४ २०८०

  • 505
    SHARES

  • ‘शान्ति प्रक्रियालाई राष्ट्रिय समझदारीअनुसार नै टुङ्गो लगाउछौं ’; प्रधानमन्त्री ‘प्रचण्ड’

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय समझदारीअनुसार नै शान्ति प्रक्रिया टुङ्गो लगाउने बताउनु भएको छ।

    द्वन्द्व पीडित परिवारका विभिन्न सङ्घसंस्थाका प्रतिनिधिसँग आज बुधबार सिंहदरबारमा भेट गर्दै उहाँले राष्ट्रिय समझदारी बनाएर शान्ति प्रक्रियाका बाँकी काम टुङ्गो लगाउन सरकार प्रयत्नशील रहेको बताउनुभएको हो।

    प्रधानमन्त्री प्रचण्डले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोगका विषयमा अदालतको आदेश पालना गर्न सरकार प्रतिबद्ध रहेको पनि बताउनुभयो।

    प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “सरकारले चाहँदाचाहँदै पनि सङ्क्रमणकालीन न्याय टुङ्ग्याउन सकिएको छैन, शान्ति प्रक्रियाका बाँकी काम टुङ्गो लगाउन नदिने शक्ति पनि सक्रिय नै छन्, त्यसले गर्दा कतिपय समस्या भएको छ।”

    उहाँले शान्ति प्रक्रियाका बाँकी काम टुङ्गो लगाउनका लागि त्यससम्बन्धी विधेयक सरकारले अगाडि बढाएको जानकारी गराउनुभयो।


    बुधवार, चैत्र १४ २०८००३:४१:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij