Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

रमेश खरेलले दिए राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजीनामा

रमेश खरेलले दिए राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजीनामा

  • बुधवार, चैत्र १४ २०८०

  • 4.4K
    SHARES

  • रमेश खरेलले दिए राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजीनामा

    काठमाडौं । पूर्वडीआइजी रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजीनामा दिनुभएको छ । पार्टी सभापतिको विरुद्ध अभिव्यक्ति दिएको विषयमा रास्वपाको अनुशासन आयोगले उहाँलाई लिखित जवाफ मागेको थियो ।

    खरेलले जवाफको साटो राजीनामा पत्र केन्द्रीय कार्यालयमा पठाएको स्रोतले बतायो । उहाँले अंग्रेजीमा लेखेको राजीनामा पत्र महामन्त्री डा. मुकुल ढकालको टेबलमा पुगेको छ ।

    खरेलले आफूलाई रास्वपाले उपलब्ध गराएको अवसर र अनुभवप्रति आभार प्रकट गर्नुभएको छ ।

    ‘यद्यपि, पछिल्लो विकासक्रम तथा मेरो व्यक्तिगत आस्था र प्राथमिकतामा आएको परिवर्तनले गर्दा पार्टीको सिद्धान्त र लक्ष्यसँग तादाम्यता मिल्न सकेन,’ उहाँले भन्नुभएको छ ।


    बुधवार, चैत्र १४ २०८००२:३३:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij