Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

कोरोनाका कारण कांग्रेसले चियापान कार्यक्रम यस वर्ष नगर्ने

कोरोनाका कारण कांग्रेसले चियापान कार्यक्रम यस वर्ष नगर्ने

  • आइतवार, कार्तिक ९ २०७७

  • 1.4K
    SHARES

  • कोरोनाका कारण कांग्रेसले चियापान कार्यक्रम यस वर्ष नगर्ने

    काठमाडौं । नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको शुभकामना आदान-प्रदान तथा चियापान कार्यक्रम यस वर्ष नगर्ने जानकारी गराएको छ । कांग्रेसले आइतबार विज्ञप्ति जारी गर्दै  कोभिड-१९ का कारण यो वर्ष चियापान र शुभकामना आदानप्रदान नगर्ने जानकारी गराएको हो । 

    वि.सं. २०३३ सालमा बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक वर्ष नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गरी शुभकामना आदान-प्रदान गर्दै आएको छ ।

    “विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ संक्रमण महामारीका कारण यस वर्षको कात्तिक १४ गते कोजाग्रत पूर्णिमाको दिन हुने शुभकामना आदान-प्रदान तथा चियापान कार्यक्रम आयोजना नगरिने व्यहोरा सबैलाई जानकारी गराइन्छ,” कांग्रेसद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

     


    आइतवार, कार्तिक ९ २०७७०२:०४:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij