Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

गगन थापाको रास्वपालक्षित टिप्पणीः ‘राजनीतिमा छट्टुहरू हाबी हुन थाले’

गगन थापाको रास्वपालक्षित टिप्पणीः ‘राजनीतिमा छट्टुहरू हाबी हुन थाले’

  • मंगलवार, चैत्र १३ २०८०

  • 816
    SHARES

  • गगन थापाको रास्वपालक्षित टिप्पणीः ‘राजनीतिमा छट्टुहरू हाबी हुन थाले’

    काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली राजनीतिमा छट्टुहरू हाबी हुन थालेको बताउनु भएको छ।आज मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उहाँले नेपाललाई गति र मति दुवै भएको व्यक्ति चाहिएको बताउनुभयो।

    रास्वपा नेताहरुप्रति लक्षित गर्दै महामन्त्री थापाले मुलुकमा छट्टुहरू राजनीतिमा आउने र ‘लटरपटर’ पार्ने गरेको आरोप समेत लगाउनुभयो। उहाँले मुलुकलाई छट्टु भन्दा पनि गति र मति दुवै भएको नेताहरू जरुरी रहेको बताउनु भयो। झुकाउने खालको छट्टुहरू नेपाली राजनीतिले नचाहेको महामन्त्री थापाको भनाई थियो।

    उहाँले भन्नुभयो, ‘राजनीतिमा छट्टुहरू हाबी हुन थाले, छट्टुहरू त आउँछ, लटरपटर पार्छन्, झुक्याउँछ। यसो रङरोगन गर्छ, अलपत्र पार्छन्, जान्छ। हामीलाई छट्टुहरू चाहिएको होइन । हामीलाई धैर्यता भएको चाहिएको छ, तर धैर्यताको अर्थ केही पनि नगर्ने मान्छे पनि होइन।’

    उहाँले फेरि जोड दिएर भन्नुभयो, ’मति छ गति छैन, गति छ, मति छैन भने त्यस्तो चाहिएको होइन। हामीलाई त गति र मति दुई वटै चाहियो। किनकि यो बेलामा हामीले मति पनि ठिक राख्नुपर्नेछ। हामीले आफ्नो घरभित्रको फोहोर पनि ठिक गर्नुपर्नेछ। हाम्रो घरभित्र फोहोर छ, सफा गर्नुपर्नेछ। हाम्रो कतिपय ठाउँमा मति बिग्रेको छ। त्यसलाई ठिक गर्नपर्छ’ थापाले भन्नुभयो।


    मंगलवार, चैत्र १३ २०८००८:३३:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij