Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर प्रमुखसँग भेटेकोप्रति नारायणकाजीको आपत्ति

प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर प्रमुखसँग भेटेकोप्रति नारायणकाजीको आपत्ति

  • आइतवार, कार्तिक ९ २०७७

  • 1.7K
    SHARES

  • प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर प्रमुखसँग भेटेकोप्रति नारायणकाजीको आपत्ति

    काठमाडौं । सत्तारुढ दल नेकपाका प्रवक्ता तथा पूर्व परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर निकायका प्रमुखबीचको भेटवार्ताप्रति आपत्ति जनाउनु भएको छ ।

    उहाँले यस्तो घटना नेपालको राजनीतिक एवं कुटनीतिक ईतिहाँसमा पहिलो घटना भएको उल्लेख गर्दै आशंका र प्रश्नहरु जन्माएको उल्लेख गर्नुभएको छ ।

    सामाजिक सञ्जालहरु मार्फत आज उहाँले गुप्तचर प्रमुखको भ्रमण र छलफल बारे परराष्ट्र मन्त्रालयलाई कुनै जानकारी नहुनु, भेटका क्रममा परराष्ट्रका अधिकारीको सहभागीता नहुनु, पार्टी भित्र कुनै छलफल र जानकारी नगराइनु आफैमा आपत्तिजनक भएको टिप्पणी गर्नुभएको छ ।

    देशको प्रधानमन्त्रीले बिना कुनै निर्धारित कार्यसुचि बिदेशी गुप्तचर संस्थाको अधिकारीसँग कुटनीतिक मर्यादा बिपरीत समकक्षी झैं औपचारिक वार्ता गरेको विषय अस्वभाविक भएको उहाँको भनाई छ ।

    आफु केही दिन गोरखा र चितवनको भ्रमण गरी काठमाडौं फर्किएको र यसबिचमा भारतको गुप्तचर सँस्था ’रअ ’प्रमुख सामन्त गोयल बिमान नै चार्टर गरी टोली सहित नेपाल आएर हाम्रा प्रधानमन्त्रीसँग “वार्ता “गरेर फिर्ता भएको समाचारले आश्चर्यजनक बनाएको उहाँले उल्लेख गर्नुभएको छ ।

    पार्टीलाई जानकारी नभएको विषय भएकाले यसमा आफ्नो व्यक्तिगत धारणा राख्न चाहेको भन्दै उहाँले यसप्रकारको कार्यबाट राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा र कुटनीतिक ओझ गिर्ने मात्र होइन, अन्ततः राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय हितलाई कमजोर पार्ने काम हुन सक्ने आशंका व्यक्त गर्नुभएको छ ।

    उहाँले प्रधानमन्त्रीलाई प्रश्न गर्नुभएको छ, “नेपालको राष्ट्रिय अनुसन्धान बिभागको प्रमुखले आफ्नो समकक्षीलाई निश्चित बिषयमा छलफल गर्न भ्रमणको लागि निमन्त्रणा गरेको हो भने कुटनीतिक मर्यादा अनुरुप शिष्टाचार भेट हुन सक्दथ्यो । त्यो होइन भन्ने स्पष्ट भइसकेको छ ।

    बिदेशी सरकार प्रमुखले औपचारिक रुपमा आफ्नो बिशेष दुतका रुपमा अख्तियार प्रदान गरी पठाएको हो भने पनि सन्देश सुन्ने र प्रत्युत्तर सन्देश पठाउने गरी कुरा हुन सक्दथ्यो । तर त्यस्तो पनि देखिएन । त्यसैले गम्भीर प्रश्न उठ्छ, बिदेशी गुप्तचर अधिकारीसँग प्रमको भेट र कुटनीतिक मुल्य र आचारसँहिता बिपरीतको यस्तो भेट किन ?”

     

     


    आइतवार, कार्तिक ९ २०७७०८:५५:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij