Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

गगन थापाको ‘संवाद यात्रा’ पुनः सुरु हुँदै

गगन थापाको ‘संवाद यात्रा’ पुनः सुरु हुँदै

  • मंगलवार, चैत्र १३ २०८०

  • 738
    SHARES

  • गगन थापाको ‘संवाद यात्रा’ पुनः सुरु हुँदै

    काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सुरु गर्नुभएको ‘संवाद यात्रा’ लाई पुनः निरन्तरता पाउने भएको छ। महामन्त्री थापाले माघ १३ गतेदेखि इलामबाट सुरु भएको संवाद यात्रा कांग्रेस केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधनपछि स्थगित गरिएको थियो। अब आगामी बिहिबारदेखि सुरु गर्न लागिएको हो।

    ‘संवाद यात्रा’ सुरुमा १३ माघ देखि २६ माघसम्म हुलाकी राजमार्गले छोएका जिल्लामा संवाद गर्ने गरी यात्रा तय भएको थियो। बुढाथोकीको २२ माघमा मृत्यु भएपछि संवाद यात्रा नवलपरासीको गोपीगञ्जबाट रोकिएको थियो। स्थगित हुनु अघि १३ जिल्लामा महामन्त्री थापाले संवाद यात्रा गर्नुभएको थियो।

    अब बिहिबारदेखि हुने अभियान रोकिएकै स्थानबाट सुरु हुने नेविसंघका पूर्व महामन्त्री युवराज पाण्डेले जानकारी दिनुभयो।नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ र बाँकेमा संवाद यात्रा गरिने उहाँले जानकारी दिनुभयो। १८ गते संसद बैठक भएकाले संवाद यात्रा १७ गतेसम्म हुने गरी कार्यतालिका बनाइएको छ।


    मंगलवार, चैत्र १३ २०८००३:४२:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij