Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

सत्ता गठबन्धनको आलोचना शुरु, कांग्रेसले माग गरेको गृहमन्त्रीको छानबिनमा अटेरी, नागरिकमा आक्रोश बढ्दो (खासखबर)

सत्ता गठबन्धनको आलोचना शुरु, कांग्रेसले माग गरेको गृहमन्त्रीको छानबिनमा अटेरी, नागरिकमा आक्रोश बढ्दो (खासखबर)

  • सोमवार, चैत्र १२ २०८०

  • 920
    SHARES

  • सत्ता गठबन्धनको आलोचना शुरु, कांग्रेसले माग गरेको गृहमन्त्रीको छानबिनमा अटेरी, नागरिकमा आक्रोश बढ्दो (खासखबर)

    काठमाडौं। नयाँ बनेको सत्तासमिकरणले पनि सकारात्मक लक्षण नदेखाएको भन्दै आलोचना शुरु हुन थालेको छ। उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले भेप प्रकरणमा मुछिएका माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरालाई करुणाका आधारमा हाजिरि जमानीमा छोडिएको बताएपछि आम नागरिकमा शंका पैदा भएको छ।

    सामान्य व्यक्तिलाई ऐन, सत्ता र शक्तिवालालाई चयन भन्दै आम सर्वसाधारणहरुले गृहमन्त्रीको आलोचना शुरु गरेका हुन्। प्रतिपक्षी दल कांग्रेसले निरन्तर गृहमन्त्रीकै राजीनामा मागेर संसद अवरुद्ध गर्दै आएको छ। कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले चौतर्फी आरोप लाग्दा पनि सुतेको भेषमा गृहमन्त्री रहेको दाबी गर्नुभयो।

    एमालेले भने प्रमाणका आधारमा मात्रै आरोप लगाउन मिल्ने बताउँदै आएको छ। प्रमाणबिना राजनीतिक प्रतिशोधा साँध्नका निम्ति कांग्रेसले संसद अवरुद्ध गरिरहेको एमालेको दाबी छ।

    पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले भ्रष्टाचार गरेको तथ्य भेटिए उजुरी गर्न सकिने धेरै बाटाहरु हुँदा पनि जनताको आवाज मुखरित हुने संसदलाई बन्धक बानएर कांग्रेसले गल्ती गरिरहेको बताउनुभयो। अहिलेको सरकारको मूल गन्तव्यनै सुशासन कायम राख्नु रहेको उहाँको तर्क छ।

    मुलुकले पटकपटक राजनीतिक दुर्घटना व्यहोरेको बताउँदै जनता समाजवादी पार्टीका अध्यक्ष एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवले अब कुनैपनि दललाई त्यो गल्ती गर्ने छुट नभएको बताउनुभयो।

    नेपालको व्यवस्था अनुसार गठबन्धन फेरबदल हुने कुरा सामान्य रहेको बताउँदै यादवले सरकार परिवर्तन हुँदा संघीयता नै धरापमा परेको भन्ने विश्लेषण गलत साबित हुने दाबी गर्नुभयो ।

    देश हरेक पटक प्रयोगशाला मात्रै बन्दा जनताले दुःख पाएका छन् भने विकास र समृद्धि ओझेलमा परेको छ। राजनीतिक अस्थिरताका कारण पनि मुलुकको ट्रयाक सही दिशामा गइरहेको देखिदैन। छिमेकीहरुले विश्वसँग प्रतिस्पर्धा गरिरहेका बेला नेपाल भने भ्रष्टाचारको आहालमा डुबेको छ।


    सोमवार, चैत्र १२ २०८००८:०३:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij