Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

सबैले सफा नियतले काम गरौंः प्रधानमन्त्री प्रचण्ड

सबैले सफा नियतले काम गरौंः प्रधानमन्त्री प्रचण्ड

  • सोमवार, चैत्र १२ २०८०

  • 443
    SHARES

  • सबैले सफा नियतले काम गरौंः प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले कर्मचारीहरुलाई सफा नियतले काम गर्न निर्देशन दिनुभएको छ। सचिवहरूसँगको नियमित बैठकमा बोल्दै आज उहाँले निर्दोषलाई समस्या भएमा त्यसको जिम्मेवारी आफूले लिने बताउनु भयो।

    उहाँले सुशासन आफ्नो पहिलो प्राथमिकतामा रहेको भन्दै नयाँ समीकरणको सरकार पनि थप ऊर्जा,नयाँ सोच,उद्देश्य, कार्यसूची र कार्ययोजनाका साथ आएकाले सोहीअनुरूप अगाडि बढ्न निर्देशन दिनुभयो।

    जनताले प्रत्यक्ष अनुभूति गर्नेगरी सेवाप्रवाह गर्नुपर्नेमा जोड दिँदै शिक्षा, स्वास्थ्य, यातायातजस्ता आधारभूत सेवा, राहादानी, सवारी चालक अनुमति पत्र, राष्ट्रिय परिचयपत्र वितरण तथा मालपोत करदस्तुर बुझाउनेजस्ता सेवा लिन नागरिकले बेहोरेका सास्ती हटाउने काम तत्काल प्राथमिकतामा राख्न निर्देशन दिनुभयो।

    तेस्रो त्रैमासिकको अन्त्यसम्म आइपुग्दा समेत पुँजीगत खर्च सन्तोषजनक नभएको बताउँदै प्रधानमन्त्री प्रचण्डले आयोजना अधुरा रहनु तथा काम सम्पन्न भइसकेका आयोजनाको पनि भुक्तानी हुन नसक्नु सुखद पक्ष नभएको बताउनुभयो।


    सोमवार, चैत्र १२ २०८००५:२२:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij