Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

दुर्गा प्रसाईँलाई मेडिकल कलेज सञ्चालनको अनुमती दिन सर्वोच्चको आदेश

दुर्गा प्रसाईँलाई मेडिकल कलेज सञ्चालनको अनुमती दिन सर्वोच्चको आदेश

  • सोमवार, चैत्र १२ २०८०

  • 2.5K
    SHARES

  • दुर्गा प्रसाईँलाई मेडिकल कलेज सञ्चालनको अनुमती दिन सर्वोच्चको आदेश

    काठमाडौं। सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई मेडिकल कलेज सञ्चालन गर्न अनुमती दिन आदेश दिएको छ।
    झापास्थीत प्रसाईले सञ्चालन गरेको बिएण्डसी मेडिकल कलेजका तर्फबाट दायर रिटमा सर्वोच्चका न्यायाधीशद्वय कुमार चुडाल र शारंगा सुवेदीको संयुक्त इजलासले यस्तो आदेश दिँदै रिट जारी गरेको हो।

    सर्वोच्च अदालतले रिट निवेदककै पक्षमा रिट जारी गरेपछी अब दुर्गा प्रसाईँको लगानीमा रहेको उक्त बीएण्डसी मेडिकल कलेजले एमबिबिएस अध्यापन गराउन पाउने गरी बाटो खुलेको छ।

    मेडिकल शिक्षा अध्यापनका लागि सरकारबाट एलओआई पाएर संरचना निर्माण गरेपनि सरकारले अनुमति नदिएको भन्दै झापाको बीएन्डसी मेडिकल कलेजको तर्फबाट व्यवसायी दुर्गा प्रसाईँले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो।

    आज रिट जारी भएपनि संक्षिप्त आदेश नआएको कारण फैसलामा के कुरा उल्लेख भएको छ भन्ने स्पष्ट छैन। यद्यपि निवेदककै पक्षमा रिट जारी भएकाले अब कानुनी प्रक्रिया पूरा गरेर मेडिकल कलेज सञ्चालन गर्ने बाटो भने खुलेको छ।


    सोमवार, चैत्र १२ २०८००४:४५:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij