Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

मन्त्रिपरिषद् विस्तार, जसपाबाट कार्की बने राज्यमन्त्री

मन्त्रिपरिषद् विस्तार, जसपाबाट कार्की बने राज्यमन्त्री

  • सोमवार, चैत्र १२ २०८०

  • 719
    SHARES

  • मन्त्रिपरिषद् विस्तार, जसपाबाट कार्की बने राज्यमन्त्री

    काठमाडौं। मन्त्रिपरिषद् विस्तार भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य दीपक कार्कीलाई राज्यमन्त्री नियुक्त गरेसँगै प्रधानमन्त्री प्रचण्ड नेतृत्वको बर्तमान सरकारको मन्त्रिपरिषद् २३ सदस्यीय बनेको छ ।

    कार्कीलाई राज्यमन्त्री नियुक्त गरी वन तथा वातावरण मन्त्रालयमा राज्यमन्त्रीको कार्यभार तोकिएको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनुभएको छ। उहाँ जसपाबाट राज्यमन्त्री बन्नुभएको हो भने वन मन्त्रालयमा सोही पार्टीबाट नवलकिशोर साह सुडी मन्त्री रहनु भएको छ।

    नयाँ गठबन्धन बनेपछि प्रधानमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद् पुनर्गठन भएको थियो। जसअनुसार एमाले, माओवादी, रास्वपा, जसपा र एकीकृत समाजवादी सरकारमा सहभागी छन् ।

     


    सोमवार, चैत्र १२ २०८००३:४१:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij