Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

मधेश सरकारमा मन्त्रिमण्डल विस्तार,यी मन्त्रीले लिए सपथ...

मधेश सरकारमा मन्त्रिमण्डल विस्तार,यी मन्त्रीले लिए सपथ...

  • शनिवार, चैत्र १० २०८०

  • 737
    SHARES

  • मधेश सरकारमा मन्त्रिमण्डल विस्तार,यी मन्त्रीले लिए सपथ...

    काठमाडौं। मधेश प्रदेश सरकारमा मन्त्रिपरिषद विस्तार भएको छ। मुख्यमन्त्री सरोजकुमार यादवले नेकपा एमालेबाट आज थप तीन मन्त्री नियुक्त गर्दै आज मन्त्रिपरिषद विस्तार गर्नुभएको हो।

    एमालेका सत्रुधन प्रसाद सिंह कोइरी,राजकुमार लेखी र स्वतन्त्र जितेर एमाले प्रवेश गरेका प्रमोद जयसवालले प्रदेश प्रमुख सुमित्रा भण्डारीसमक्ष मन्त्री पदको शपथ लिनुभएको छ।

    राजकुमार लेखीले गृह, सञ्चार तथा कानून, शत्रुधन सिंहले स्वास्थ्य तथा जनसंख्या मन्त्री र एमालेमा प्रवेश गरेका प्रमोद जयसवालले शिक्षा तथा संस्कृति मन्त्रीको रुपमा शपथ लिनुभयो।

    यसअघि मधेश सरकारमा नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवले भौतिक पूर्वाधार मन्त्रीका रुपमा शपथ लिइसक्नुभएको छ। आज मन्त्रिपरिषद विस्तारसँगै मधेश सरकारमा एमालेका ४ जना मन्त्री बनेका छन्।

    नेपाली कांग्रेस–माओवादी–जसपा गठबन्धन भत्किएरका नेकपा एमालेसहितको गठबन्धन बनेपछि मुख्यमन्त्री यादवले कांग्रेसबाट मन्त्री बनेका ३ जनालाई बर्खास्त गर्नुभएको थियो।

    त्यस्तै मधेश सरकारबाट जनमत पार्टीका २ जना बाहिरिएपछि कुल ५ वटा मन्त्रालय खाली भएको थियो। जसमध्ये ४ वटा एमालेले पाएको छ भने एउटा माओवादी केन्द्रलाई दिने मुख्यमन्त्रीको तयारी छ।

     


    शनिवार, चैत्र १० २०८००४:३५:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij