Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

सरकारमा जाने नाउपाको तयारी, प्रधानमन्त्रीसँग भेटवार्ता

सरकारमा जाने नाउपाको तयारी, प्रधानमन्त्रीसँग भेटवार्ता

  • शनिवार, चैत्र १० २०८०

  • 1.7K
    SHARES

  • सरकारमा जाने नाउपाको तयारी, प्रधानमन्त्रीसँग भेटवार्ता

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जीता श्रेष्ठबिच भेटवार्ता भएको छ। आज बिहान प्रधानमन्त्री ‘प्रचण्ड’सँग सरकारमा सहभागी हुनेबारे छलफल गर्न अध्यक्ष श्रेष्ठसहितका नेताहरु प्रधानमन्त्री निवास पुगेका थिए।

    उक्त भेटमा सरकारमा सहभागीताबारे छलफल भएको र दुबैतर्फबाट सकारात्मक छलफल भएको छलफलमा सहभागी नाउपाका एक नेताले बताएका छन्।

    उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री ज्युले एक मन्त्रालयसहित सरकारमा आउनका लागि आग्रह गर्नुभयो। नयाँ गठबन्धनलाई विश्वासको मत पनि दिएका छौं, विश्वासको मत दिनुभनेको सरकारमा जानकै लागि हो। हाम्रो पार्टी सरकारमा जान सकारात्मक छ।’

    उहाँले, लुम्बिनी र सुदूरपश्चिममा पनि नयाँ गठबन्धनलाई सहयोग गर्ने बताउनुभयो। छलफलमा नागरिक उन्मुक्तिका संस्थापक नेता तथा टीकापुर नगरपालिकाका मेयर रामलाल डंगौराले भेटवार्ता सकारात्मक भएको बताउनुभयो।

    फागुन २१ पछि बनेको नयाँ राजनीतिक समीकरणअनुसार अघि बढ्नेबारे सकारात्मक छलफल भएको उहाँले बताउनुभयो।


    शनिवार, चैत्र १० २०८००३:१८:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij