Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

रवि लामिछानेलाई गृहमन्त्री पदमा एक मिनेट बस्ने छुट छैन : कोइराला

रवि लामिछानेलाई गृहमन्त्री पदमा एक मिनेट बस्ने छुट छैन : कोइराला

  • शनिवार, चैत्र १० २०८०

  • 768
    SHARES

  • रवि लामिछानेलाई गृहमन्त्री पदमा एक मिनेट बस्ने छुट छैन : कोइराला

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रवि लामिछानेलाई नैतिकताको आधारमा एक मिनेट पनि पदमा बस्ने छुट नभएको बताउनुभयो ।

    सडकदेखि सदनसम्म चौतर्फी विरोध भैरहँदा पनि रवि पदमा बसिरहनुको पछाडि केही रहस्य लुकेको उहाँको भनाइ छ । “तत्कालका लागि राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्दै यसको टुंगो लागेर निर्दोष सावित भए फेरि मन्त्री भए भएहाल्यो,” कोइरालाले भन्नुभयो ।

    काठमाडौंको मध्येबानेश्वरमा पार्टीका स्थानीय कार्यकर्तासँगको भेटमा कोइरालाले सत्ता गठबन्धनले यति ठूलो बदमासी गरिहँदा पनि काठमाडौंका चेतनशील मानिस चुपचाप बसिरहँदा अचम्म लागेको बताउनुभयो । हरेक परिवर्तनमा काठमाडौबासीको भूमिका महत्तवपूर्ण रहेको बताउँदै कोइरालाले अबका दिनमा पनि निरन्तर खबरदारीको आवश्यकता रहेको बताउनुभयो ।

    स्थानीय कार्यकर्ताले पार्टीमा चाकडीप्रथा हावी भएको, सरकारमा सहभागी हुँदा कांग्रेसका मन्त्रीहरूले जनताको भावनाअनुसार काम गर्न नसकेको र लामो समय पार्टी एकै व्यक्तिको हातमा भएकाले कांग्रेस कमजोर भएको गुनासो गरेका थिए ।


    शनिवार, चैत्र १० २०८००१:५४:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij