काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ। सिंहदबारमा आज भएको भेटवार्तामा समाजवादी मोर्चा गरेर जानेबारे छलफल भएको छ।
आज बिहान बसेको समाजवादी मोर्चाको बैठकले एमालेलाई पनि मोर्चामा सामेल गराउने निर्णय गरेको थियो।एमाले अध्यक्ष ओलीसँग छलफल गर्नका लागि प्रचण्डलाई जिम्मा दिएको थियो।
यसबारे एमाले पनि तयार देखिएको छ।एमाले उपमहासचिव प्रदीप ज्ञवालीले एमालेले पनि मोर्चाको छलफलका लागि केही बाटोहरू खुल्ला गरेको जानकारी दिनुभयो।
स्रोतकाअनुसार विहृत समाजवादी मोर्चा गठन गरेर सत्ता गठबन्धनले सहकार्य गर्नेबारे व्यापक छलफल भएको छ।भेटमा पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल भएको थियो।