एजेन्सी । भारतको राजधानी दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेका छन्। मदिरा घोटाला प्रकरणमा केजरीवाललाई भारतीय प्रवर्तन निर्देशनालय (ईडी) ले गएराति पक्राउ गरेको हो।
मदिरा घोटाला प्रकरणमा करिब दुई घण्टाको सोधपुछपछि ईडीले केजरीवाललाई पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।