काठमाडौं। नेपाल पर्यटन बोर्डले नव नियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङको स्वागत गरेको छ। पर्यटन मन्त्रालयका सचिव तथा बोर्डका अध्यक्ष डा. दीपक काफ्ले तथा बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मत सिंह ऐरले मन्त्री तामाङलाई स्वागत गर्नु भएको थियो ।
कार्यक्रममा बोल्दै मन्त्री तामाङले पर्यटन क्षेत्रको विकासको लागि आवश्यक नीतिगत सुधारको लागि मन्त्रालय तयार रहेको बताउँदै बोर्डलाई प्रभावकारी ढंगले पर्यटन प्रवद्र्धनका कार्य गर्न आग्रह गर्नु भयो ।
पर्यटन विकासका लागि अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन रणनीति अनुुरुप क्रमशः काम गर्दै अघि बढ्ने उल्लेख गर्दै मन्त्री तामाङले मन्त्रालयले रचनात्मक कार्यका लागि सरोकारवालासबैसंग सहकार्य गररैे अघि बढ्ने बताउनुभयो ।
‘केही नीतिगत कुराहरु रहेका छन् त्यसलाई क्रमशः सुधार गर्दै लगिनेछ। रिक्त रहेका बोर्ड सदस्य नियुक्ति देखि कार्यकारी प्रमुखको छनोट लगायतका सबै काम प्रक्रियामा छन्। अब यी सबै काम छिट्टै टुङ्गिन्छन ।’ उहाँले भन्नुभयो ।
मन्त्रालयका सचिव तथा बोर्डका अध्यक्ष डा.दीपक काफ्लले बोर्डको विगत गौरवपूणर् रहेको चर्चा गर्दै पर्यटन प्रर्वद्धनका लागि बोर्डलाई थप चलायमान बनाउनु आजको आवश्यक्ता रहेको बताउनु भयो । उहाँले सबैले आआफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दा संस्थागत उद्देश्य तथा लक्ष्य हासिल गर्न सकिने बताउनु भयो।
बोर्डका कार्यकारी सदस्य मदन आचार्यले पर्यटनमा निजी क्षेत्रको अर्बौ लगानी भइसकेको अवस्थामा निजी क्षेत्रमैत्री कानून र सोही अनुरुपको सहकार्य आवश्यक भएको बताउनु भयो ।
सो बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मत सिंह एरले नेपालको पर्यटन विकासको लागि गठित बोर्डको अवधारणा, भइरहेका गतिविधी तथा भावी कार्यक्रमबारे जानकारी दिँदै विदेशका कार्यक्रम गर्नका लागि कार्यविधि नहँुदा विदेशमा आयोजना गरिने धेरै कार्यक्रम प्रभावित भएको भन्दै सहजिकरण गरिदिन मन्त्री तथा सचिवसंग आग्रह गर्नु भयो ।
कार्यक्रममा बोर्डका कर्मचारी युनियनको तर्फबाट धारणा राख्दै अधिकृत सुदन सुवेदीले कर्मचारीका समस्या, नीतिगत अस्पष्टताले काममा भइरहेका बाधाबारे धारणा राख्नु भएको थियो।