Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

विभिन्न बहानामा बन्धक बन्दै संसद, गृहमन्त्रीविरुद्ध प्रतिपक्षी कांग्रेस आक्रामक, एमाले माओवादी बचाउमा (खासखबर)

विभिन्न बहानामा बन्धक बन्दै संसद, गृहमन्त्रीविरुद्ध प्रतिपक्षी कांग्रेस आक्रामक, एमाले माओवादी बचाउमा (खासखबर)

  • बुधवार, चैत्र ७ २०८०

  • 896
    SHARES

  • विभिन्न बहानामा बन्धक बन्दै संसद, गृहमन्त्रीविरुद्ध प्रतिपक्षी कांग्रेस आक्रामक, एमाले माओवादी बचाउमा (खासखबर)

    काठमाडौं। जनताको चाँसो र गुनासोहरु मुखरित हुने संसद लामो समयदेखि विभिन्न बहानामा बन्धक बन्दै गएको छ। प्रमुख प्रतिपक्षी दलले कुनै न कुनै घटनाक्रममा अड्डी कसेपछि संसद प्रभावित हुने गर्दछ।

    पछिल्लो समय बनेको गठबन्धनप्रति नेपाली कांग्रेस आक्रामक हुँदै गएपछि सदन चलायमान बन्न सकिरहेको छैन।नयाँ समिकरण जोगाउने पक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी निर्णायक भएसँगै उसका गतिविधिहरु प्रति कांग्रेसले चाँसो बढाएको देखिन्छ।

    बहालवाला गृहमन्त्री रवि लामिछानेमाथि सुर्यदर्शन सहकारीको रकम ठगी गरेको पूरक उजुरी परेकोले अनुसन्धानमा सघाउनुपर्ने कांग्रेसले तर्क गर्दै आएको छ। रास्वपामा अन्य सांसदहरु पनि रहेकोले लामिछाने पछि हटेर मार्ग प्रशस्त गर्नुपर्ने कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको भनाइ छ।

    हालको गठबन्धनप्रति विभिन्न दलहरुले आआफ्ना धारणा बनाइरहेका छन्। सरकारलाई समर्थन गरेकै दलहरुले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अस्थिरपनले गठबन्धनको आयू कम रहने आंकलन गर्दै आएका छन्।

    सांसद प्रभु साहले अहिलेको गठबन्धन अनैतिक भएको दाबी गर्नुभएको छ।अहिलेको अवस्थामा विभिन्न क्षेत्रबाट ठगिएका पीडितहरुको संगठन बन्नुपर्नेमा उहाँको जोड रहेको छ।नेकपा एमाले भने सरकार जोगाउन निकै लचक भएको देखिएको छ।

    मन्त्रालय भागबण्डामा समेत अडान नलिएको एमालेले गठबन्धन भत्काउनुनै आफ्नो उपलब्धि ठानेको छ।अहिलेको अवस्थामा गृहमन्त्रीमाथि लागेको आरोपप्रति एमाले बचाउमा उत्रिएको पाइन्छ। एमाले स्थायी कमिटी सदस्य एवं प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले आरोप पनि पुष्टि हुने खालको भनाइ कांग्रेस बेचैन मात्रै भएको दाबी गर्नुभएको छ।

    हालको गठबन्धनलाई एमालेले वामपन्थीहरु एक ठाउँमा उभिने बलियो आधारका रुपमा व्याख्या गरेको छ।तर, प्रचण्डको अस्थिरता र पद लोलुपताले धेरैले पत्याएका छैनन्। सकेसम्म तिकगडम गर्दै आफ्नो पक्षमा माहोल बनाउने र विगतका सम्झौतालाई तिलाञ्जली दिन सेकेण्ड नलगाउने प्रचण्ड प्रवृत्ति हो।


    बुधवार, चैत्र ७ २०८००८:२२:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij