Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

“पूर्वप्रधानमन्त्रीहरुको सम्पत्ति छानबिन गरौँः” डा.बाबुराम भट्टराई

“पूर्वप्रधानमन्त्रीहरुको सम्पत्ति छानबिन गरौँः” डा.बाबुराम भट्टराई

  • बुधवार, चैत्र ७ २०८०

  • 798
    SHARES

  • “पूर्वप्रधानमन्त्रीहरुको सम्पत्ति छानबिन गरौँः” डा.बाबुराम भट्टराई

    काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले सबै पूर्वप्रधानमन्त्रीहरुको सम्पत्ति छानबिन गर्नुपर्ने बताउनु भएको छ।

    काठमाडौंमा आज पत्रकारहरुसँग कुरा गर्दै उहाँले त्यसका लागि जनलोकपाल बनाएर सम्पत्ति छानबिनको आवश्यक रहेको बताउनु भयो।

    उहाँले कांग्रेस सरकारमा हुँदा कम्युनिष्ट भ्रष्टाचारी, कम्युनिष्ट हुँदा कांग्रेस भ्रष्टाचारी हुने खालका कामले नहुने बताउनुभयो।

    उहाँले भन्नुभयो“पूर्वप्रधानमन्त्रीहरुको सम्पत्ति छानबिन गरौँ, जनलोकपाल बनाऔँ,त्यसो गर्न सकेमात्रै भ्रष्टाचारको अन्त्य हुन्छ। आफू सत्तामा आउँदा आफ्नालाई ढाकछोप गर्ने नभएको बेला कराउनेमात्रै हुन्छ ।”

    भट्टराईले जनताका समस्या समाधान गर्न प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्णसमानुपातिक निर्वाचन प्रणाली आवश्यक रहेको पनि बताउनु भयो।

    उहाँले भन्नुभयो,“चुनावदेखि चुनावसम्मका लागिमात्रै होइन, जनताका समस्या समाधान गर्न सक्ने खालको पार्टी आवश्यक छ, त्यसका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्णसमानुपातिक निर्वाचन प्रणाली आवश्यक छ।”


    बुधवार, चैत्र ७ २०८००५:४७:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij