Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

कांग्रेस सांसदले रविको उदाहरण दिँदै ‘आफै झाँक्री, आफै बोक्सी’ भनेपछि एमाले सांसदको नियमापत्ति

कांग्रेस सांसदले रविको उदाहरण दिँदै ‘आफै झाँक्री, आफै बोक्सी’ भनेपछि एमाले सांसदको नियमापत्ति

  • बुधवार, चैत्र ७ २०८०

  • 1.3K
    SHARES

  • कांग्रेस सांसदले रविको उदाहरण दिँदै ‘आफै झाँक्री, आफै बोक्सी’ भनेपछि एमाले सांसदको नियमापत्ति

    काठमाडौं । नेपाली कांग्रेसका सांसद उदयशमशेर राणाले प्रतिनिधिसभा बैठकमा असंसदीय शब्द बोलेपछि एमाले सांसद प्रतीक्षा तिवारीले नियमापत्ति गरेकी छिन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसद राणाले बजेटका सिद्धान्त र प्राथमिकतामाथि आफ्नो विचार राख्नेक्रममा गृहमन्त्री रवि लामिछानेमाथि कटाक्ष गरेका थिए ।

    उनले अर्थतन्त्रलाई चलायमान गराउन सहकारीको पनि भूमिका रहेको बताए । धेरै नेपालीमा सहकारीप्रतिको भरोसा गुमेको बताउँदै ठगीमा गृहमन्त्री समेत जोडिएकोले निष्पक्ष छानबिन हुन नसक्ने बताए ।

    राणाले बोलिसकेपछि एमाले सांसद तिवारीले नियमापत्ति गरेकी हुन् । तिवारीले भनिन्– ‘भर्खरै बोल्नुभएको माननीयज्यूले हाम्रो नियमावलीको २१ को ‘घ’ विपरीत सम्पूर्ण महिलाहरूलाई अपमानित हुने ढङ्गले लिङ्गिय ढङ्गले अपमानित गर्ने ढङ्गले आफैँ झाँक्री, आफैँ बोक्सी भन्नुभएको हुँदा यो अपमानित शब्द हटाउन सभामुखको ध्यानाकर्षण गराउन चाहन्छु ।’

    त्यसपछि सभामुख देवराज घिमिरेले सांसद तिवारीले उठाएको विषयमा ध्यानाकर्षण भएको बताए ।


    बुधवार, चैत्र ७ २०८००२:१७:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij