काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधि सभाको बैठकमा सांसदले सोधेका प्रश्नको जवाफ दिनुभएको छ। आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले २३ जना सांसदहरुले सोधेका प्रश्नको जवाफ दिनुभयो।
सोही क्रममा उहाले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको राजीनामा माग,भ्रष्टाचार, सुन तस्करी,जग्गा हिनामिना लगायतका विषयमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुभयो।
कांग्रेसले संसदमा गृहमन्त्री लामिछानेको राजीनामा माग गरिरहेकोमा अनुसन्धानबाट दोषी प्रमाणित भए कारबाही गरिने प्रतिबद्धता जनाउँदै पोखराको सुर्यदर्शन सहकारीका पीडितले दिएको उजुरीको अनुसन्धान सकिसकेको अवस्थामा लामिछानेलाई उपप्रधानमन्त्री एवम् गृहमन्त्री नियुक्त गर्दा स्वार्थको द्वन्द्व नहुने प्रष्ट पार्नुभयो।
यस्तो छ,प्रधानमन्त्रीले दिनुभएको जवाफको पूर्णपाठः