Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

कांग्रेसलाई गृहमन्त्रीको चुनौती–‘४ वर्ष संसद अवरोध गरेर देखाओस्’

कांग्रेसलाई गृहमन्त्रीको चुनौती–‘४ वर्ष संसद अवरोध गरेर देखाओस्’

  • मंगलवार, चैत्र ६ २०८०

  • 1.6K
    SHARES

  • कांग्रेसलाई गृहमन्त्रीको चुनौती–‘४ वर्ष संसद अवरोध गरेर देखाओस्’

    काठमाडौं। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई चार वर्ष संसद अवरुद्ध गर्न चुनौती दिनुभएको छ। उहाँले संसद बैठकबाट बाहिरिने क्रममा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै आफ्नो राजीनामा मागेर संसद बैठक अवरद्ध पारिरहेको कांगे्रसलाई यस्तो चुनौती दिनुभएको हो।

    गृहमन्त्री लामिछानेले संसद अवरोध गर्ने र संसदीय समितिको माग गर्ने कांग्रेसको अधिकारको कुरा भएको भन्दै भन्नुभयो,‘माग गर्ने कुरा एउटा छ,अब कुन ढंगले जान्छ हेर्दै जाउँ। म (राजीनामा होइन)काम गर्छु।’ एउटा ठाडो उजुरीका भरमा संसद अवरुद्ध गर्न खोजिएको भन्दै लामिछानेले असन्तुष्टि व्यक्त गर्नुभयो।

    उहाँले भन्नुभयो,‘यस्तो अभ्यास सिकाउन खोज्ने हो भने यसमा अडिइरहनका लागि म कांग्रेसलाई अनुरोध गर्छु। कांग्रेस दूधले नुहाएको पार्टी हो कि होइन भन्ने जनताले बुझेका छन्। हामीले कामले जवाफ दिने हो। म भन्छु कांग्रेसले चार वर्ष संसद अवरुद्ध गरोस्। हाम्रो संयन्त्रले चार वर्ष काम गरोस्’, उनले भने, ‘देशमा अनियमितता गर्ने र अनुसन्धानलाई प्रभावित गर्ने, अनुसन्धान गर्दागर्दैका मान्छेलाई कुर्सीबाट हटाएर पठाउने कांग्रेसले नैतिकताको कुरा गर्ने? सुशासनको कुरा गर्ने? चार वर्ष अवरुद्ध गरोस्। चार वर्षपछि यसैगरि अवरुद्ध भइरह्यो र यो संयन्त्रले मजाले काम गर्न पायो भने चार वर्षपछि के थाहा, धेरै मान्छे सदनमा हुँदै हुने छैनन्।’

     


    मंगलवार, चैत्र ६ २०८००३:३९:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij