काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेको राजीनामाको माग कायम राखेको छ।
आज जारी प्रतिनिधि सभा बैठकमा कांग्रेसले पोखराको सूर्यदर्शन वचत तथा ऋण सहकारी संस्था ठगी प्रकरणमा नाम जोडिएका गृहमन्त्री लामिछानेको राजीनामाको विकल्प नभएको बताएको हो।
बैठकको आकस्मिक समयमा बोल्दै कांग्रेस सांसद दीपक गिरीले प्रहरीले लामिछानेमाथि अनुसन्धान गरिरहेको भन्दै आफैँ गृहमन्त्री हुँदा निष्पक्ष छानविन हुन नसक्ने बताउनु भयो।
उहाँले आफैँले आफैँलाई कारबाही गरेको नजिर नभएको भन्दै मुद्दालाई प्रभावित पार्नेगरी गृहमन्त्री पदमा बसिराख्नु नहुने बताउनुभयो ।
सांसद गिरीले यस सम्बन्धमा प्रधानमन्त्रीले स्पष्ट जवाफ दिनुपर्ने भन्दै टालटुले जवाफले नहुने बताउनुभयो । उहाँले स्वार्थको द्वन्द्व हुनेगरी किन लामिछानेलाई गृहमन्त्री नियुक्त गरियो भनि प्रश्न गर्नुभयो ।