काठमाडौं । शिक्षा, स्वास्थ्य प्रविधि समितिको निर्वाचन ७ चैतमा हुने भएको छ । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको निर्वाचन ७ चैतमा हुने भएको बताइएको छ ।
आज बसेको प्रतिनिधि सभाको बैठकमा सभापति निर्वाचनको मिति तय भएको जानकारी गराइएको हो ।
समितिको सभापति रहनुभएका भानुभक्त जोशी मन्त्री बनेपछि उक्त समितिको सभापति रिक्त छ ।