Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

तीन कारोबार दिनमा नेप्से परिसूचक ओरालो

तीन कारोबार दिनमा नेप्से परिसूचक ओरालो

  • आइतवार, चैत्र ४ २०८०

  • 692
    SHARES

  • तीन कारोबार दिनमा नेप्से परिसूचक ओरालो

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा लगातार तेस्रो दिन गिरावट आएको छ । गत साताको बुधबार र बिहीबार घटेको सेयर बजार आज पनि घटेर बन्द भएको हो ।

    यससँगै, तीन कारोबार दिनमा नेप्से परिसूचक ३५.९८ अंकले घटेको छ ।

    आज कारोबार सुरु हुँदा सामान्य बढेपनि केहीछिनपछि घट्न सुरु गरेको थियो । यससँगै, १०.६२ अंकले घटेर परिसूचक २०७० अंकमा आइपुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । यो ०.५१ प्रतिशतको गिरावट हो । यसक्रममा आज ८४ कम्पनीको सेयर मूल्य बढ्दा १५० कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै, १० कम्पनीको मूल्य भने स्थिर छ ।

    आज ३ अर्ब ३८ करोड ७९ लाख रुपैयाँ बराबरको ८४ लाख कित्ता सेयर किनबेच भएको छ । आज सप्तकोसी विकास बैंकको सेयर मूल्य १० प्रतिशत बढेको छ । यस्तै, गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.५६ प्रतिशतले बढेको छ । यस्तै, विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा ७.८३ प्रतिशतको गिरावट आएको छ ।

    कारोबारमा आएको १३ वटा समूहमध्ये ३ समूहको सूचक बढेको छ । यसबाहेक सबै समूहमा गिरावट आएको छ । आज होटल एण्ड टुरिजम समूहको सूचक ८२ अंकले घट्दा जलविद्युत समूहको सूचक २९ अंकले घटेको छ । यस्तै, निर्जीवन बीमा समूहको सूचक २४ अंकले घटेको छ ।

    यसक्रममा शिवम् सिमेन्टको सेयर सबैभन्दा धेरै रकमको कारोबार भएको छ । आज यो कम्पनीको ४१ करोड ६४ लाख १७ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । यस्तै, सोनापुर मिनरल्सको सेयर २३ करोड रुपैयाँ बराबरको किनबेच भएको छ ।

     


    आइतवार, चैत्र ४ २०८००३:४२:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij