Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

निफ्राको ६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

निफ्राको ६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

  • आइतवार, चैत्र ४ २०८०

  • 512
    SHARES

  • निफ्राको ६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

    काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक (निफ्रा)को ६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा आएको छ ।

    संस्थापक सेयरधनी बोधप्रसाद त्रिपाठीले आफ्नो स्वामित्वमा रहेको ६ लाख कित्ता सेयर बिक्री गर्न चाहेपछि कम्पनीले बिक्रीमा ल्याएको हो ।

    आइतबार एक सूचना जारी गर्दै निफ्राले इच्छुक विद्यमान सेयरधनीहरुलाई सेयर खरिदका लागि आवेदन माग गरेको छ ।

    संस्थापक सेयर खरिद गर्ने पहिलो हक विद्यमान संस्थापकहरूमध्येबाटै हुने हुँदा कम्पनीले प्राथमिकता दिएको हो । इच्छुक विद्यमान संस्थापक सेयर धनीहरूले ३५ दिन भित्र बैंकको रजिष्टर्ड कार्यलय नयाँ बानेश्वर काठमाडौंमा आवेदन दिन सक्नेछन् ।

    तर, तोकिएको म्याद भित्र विद्यमान संस्थापकहरूबाट आवेदन नपरेमा भने उक्त सेयर संस्थापक भन्दा बाहिर बिक्री गरिनेछ ।


    आइतवार, चैत्र ४ २०८०१२:३१:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij