Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

पोखरा नेपालको पर्यटकीय राजधानी घोषणा हुँदै

पोखरा नेपालको पर्यटकीय राजधानी घोषणा हुँदै

  • शनिवार, चैत्र ३ २०८०

  • 472
    SHARES

  • पोखरा नेपालको पर्यटकीय राजधानी घोषणा हुँदै

    काठमाडौं। पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गरिने भएको छ।पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले तयारी अन्तिम चरणमा पुगेको र भोली पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिने जानकारी दिनुभयो।

    उहाँका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले पर्यटकीय राजधानी घोषणा गर्ने कार्यक्रम तय गरिएको छ। सो अवसरमा बसुन्धारा पार्कदेखि विभिन्न झाँकीसहितको ¥याली निकालिने र बाराहीघाटमा औपचारिक घोषणा सभा हुनेछ।

    उहाँले पर्यटन क्षेत्रको विकासले पोखरा र गण्डकी प्रदेशकै अर्थतन्त्रमा सहयोग पुग्ने बताउनुभयो।पोखरालाई पर्यटकीय राजधानीको रूपमा विकास गर्ने हेतुले आगामी बजेटलाई केन्द्रित गरेर पनि छलफल गर्न सुरु गरिएको उहाँको भनाइ छ।

    अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाका साथमा पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न लागिएको हो।


    शनिवार, चैत्र ३ २०८००३:५४:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij