Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

बैंकको ऋण तिर्दिन भन्न पाँईदैनः अर्थमन्त्री पुन

बैंकको ऋण तिर्दिन भन्न पाँईदैनः अर्थमन्त्री पुन

  • शनिवार, चैत्र ३ २०८०

  • 1.0K
    SHARES

  • बैंकको ऋण तिर्दिन भन्न पाँईदैनः अर्थमन्त्री पुन

    काठमाडौंं। अर्थमन्त्री वर्षमान पुनले बैंकबाट ऋण लिएर तिर्दिन भन्न नपाईने बताउनुभएको छ। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको व्यवस्थापन सम्मेलन(म्यानेजमेन्ट समिट)–२०२४ लाई सम्बोधन गर्दै मन्त्री पुनले यस्तो चेतावनी दिनुभएको हो।

    उहाँले आफ्नो सीमित स्वार्थ सिद्धिका लागि बैंक तथा वित्तीय संस्थाविरुद्ध अफवाह र अनास्था फैलाउने प्रवृत्ति सरकारका लागि सह्य नहुने चेतावनी पनि दिनुभयो।

    बैंक तथा वित्तीय संस्थाको ऋण नतिरेर कालो सूचीमा परेकाहरूले फैलाएको अफवाहबाट नआत्तिन बैंकर्स सोसाइटी र निजी क्षेत्रलाई आग्रह गर्नुभयो।

    मन्त्री पुनले बैंकहरुलाई नयाँ सुदखोर भनेर आरोपित गर्ने प्रवृत्तिसँग सहमत हुन नसकिने स्पष्ट पार्दै कुनै बैंकर्सले गल्ती गरेको भए गल्ती गर्नेमाथि कारबाही हुने स्पष्ट गर्नुभयो।

    उहाँले आरोपित व्यक्तिका परिवार र बैङ्किङ क्षेत्रमा कार्यरत सबै खराब भन्ने प्रवृत्ति देखिएकामा चिन्ता जनाउनुभयो।


    शनिवार, चैत्र ३ २०८००३:४८:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij