Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपतिका छोरा दीपेश पुन पक्राउ

सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपतिका छोरा दीपेश पुन पक्राउ

  • शुक्रवार, चैत्र २ २०८०

  • 2.2K
    SHARES

  • सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपतिका छोरा दीपेश पुन पक्राउ
    काठमाडौं । सहकारी ठगी र सुन तस्करी प्रकरणमा मुछिएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन पक्राउ परेका छन् । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेकाअनुसार प्रहरीले उनलाई धापासीबाट भर्खरै पक्राउ गरेको हो ।
     
    दीपेश पुनको चिनियाँ सुन तस्करसँग संलग्नता देखिए पनि प्रहरीको अनुसन्धानबाट बाहिरै थिए । सीआईबीले ६१ किलो सुन तस्करी प्रकरणमा दीपेशलाई सामान्य सोधपुछ कागज गराएर छाडेको थियो । पछिल्लो पटक दीपेशका दाजु जितेन्द्र र तत्कालीन उपराष्ट्रपति समेत रहेका बाबु नन्दबहादुर पुनको वैदेशिक मामिला विज्ञ जीवनकुमार गुरुङ समेतका व्यक्ति तस्करीमै संलग्न रहेका प्रमाणहरू बाहिरिएपछि उनीमाथि अनुसन्धानको दायरा ल्याउनुपर्ने दबाब बढेको थियो ।
     
    सहकारी ठगीमा पनि पूर्वउपराष्ट्रपति पुनका छोरा दीपेशले उन्मुक्ति पाउँदै आएका थिए । बुटवलका १० हजार बचतकर्ताको साढे ७८ करोड हिनामिना प्रकरणमा पनि दीपेश जोडिएका छन् । जीबी राई अध्यक्ष र दीपेश पुन कोषाध्यक्ष रहेको सुप्रिम सहकारीको बचत रकम हिनामिना गरेका थिए।
     


    शुक्रवार, चैत्र २ २०८००८:१८:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij