काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको छ। आज प्रतिनिधि सभाको बैठकमा कांग्रेसले चौतर्फी विवादको घेरामारहेका गृहमन्त्रीले तत्का राजिनामा दिनुपर्ने माग गरेको हो।
बैठक सुरु भएलगत्तै कांग्रेसका सांसदहरुले उठेर विरोध गरेपछी सभामुख देवराज घिमिरेले एक जनालाई बोल्न दिएपछी कांग्रेसका तर्फबाट बोल्दै सांसद प्रदीप पौडेलले गृहमन्त्री लामिछाने प्रश्न र अनुसन्धानको घेरामा रहेकोले तत्काल राजिनामा दिनुपर्ने बताउनु भएको हो।
अनुसन्धानमा घेरामा रहेका व्यक्तिलाई अनुसन्धानकै नेतृत्व गर्ने थलोको जिम्मेवारी दिनु उचित नहुने पौडेलको भनाइ छ। देशभरका विभिन्न सहकारीबाट पीडित बनेका ७३ लाख बचतकर्ताले आफूहरुको बचत फिर्ता दिलाउन माग गरिरहेको र उक्त सहकारीबाट ठगि भएको प्रकरणमा गृहमन्त्री पनि जोडिएको भन्दै यसमा सरकार पनि गम्भीर हुनुपर्ने पौडेलले बताउनु भयो।
यस सम्बन्धमा प्रधानमन्त्री प्रचण्डले नै जवाफ दिनुपर्ने पनि उहाँको माग छ। हिजोको बैठकमा पनि कांग्रेसले गृहमन्त्रीको सम्बन्धमा प्रश्न उठाउँदै प्रधानमन्त्रीको जवाफ मागेको थियो ।