Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

‘प्रधानमन्त्रीले प्रतिबद्धता पूरा नगरे सरकारबाट बाहिरिन्छौं’

‘प्रधानमन्त्रीले प्रतिबद्धता पूरा नगरे सरकारबाट बाहिरिन्छौं’

  • बिहिवार, चैत्र १ २०८०

  • 1.4K
    SHARES

  • ‘प्रधानमन्त्रीले प्रतिबद्धता पूरा नगरे सरकारबाट बाहिरिन्छौं’

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले प्रधानमन्त्रीले प्रतिबद्धता जनाएका कुराहरू पूरा नभए सरकारबाट बाहिरिने बताउनुभएको छ । 

    आज संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग गरेका प्रतिबद्धता पूरा नभए आफ्नो पार्टी सरकारबाट बाहिरिने बताउनुभयो । 

    प्रधानमन्त्रीका प्रतिबद्धता पूरा नभए आगामी आर्थिक वर्षको बजेटमा समर्थन दिन नसक्ने उहाँको भनाइ थियो ।

    उहाँले भन्नुभयो, ‘मैले स्पटै भनेको छु, तपाईँले बोलेको कुराहरू पूरा गर्नुभएन भने असारको ३१ गते बिदा हुनुहुन्छ ।  भोट हाल्दैनौँ भनेको छु । १६५ वटा निर्वाचन क्षेत्रलाई विचार गर्नुभएन भने बजेटमा भोट हालिँदैन, त्यहाँ भन्दा बढ्ता के भन्नु ? प्रधानमन्त्रीले प्रतिबद्धता पूरा नगरे बाहिर निस्किन्छौं ।’

    आगामी आर्थिक वर्षको बजेटमा १६५ वटा निर्वाचन क्षेत्रलाई विचार गरेर बजेट ल्याउन उहाँले सुझाव दिनुभयो । 


    बिहिवार, चैत्र १ २०८००५:०४:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij