Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

राप्रपा नेपालको प्रदर्शनमा झडप,प्रहरीले गर्यो लाठीचार्ज

राप्रपा नेपालको प्रदर्शनमा झडप,प्रहरीले गर्यो लाठीचार्ज

  • बिहिवार, चैत्र १ २०८०

  • 715
    SHARES

  • राप्रपा नेपालको प्रदर्शनमा झडप,प्रहरीले गर्यो लाठीचार्ज

    काठमाडौं। राप्रपा नेपालले आज काठमाडौंमा गरेको प्रदर्शनमा तनाब उत्पन्न भएको छ। आज काठमाडौंमा विभिन्न मागसहित अध्यक्ष कमल थापा नेतृत्वमा राप्रपा नेपालले सुरु गरेको दबाबमूलक प्रदर्शनमा झडपकै अवस्था सृजना भएपछी प्रहरीले लाठीचार्ज गरेको छ।

    प्रदर्शनका क्रममा सुन्धारामा सवारी आवागमनमा अवरोध भएको भन्दै प्रदर्शनकारीलाई एक लेनमा हिँड्न प्रहरीले आग्रह गरेको थियो । तर, र्‍याली दुई लेनमै अघि बढेपछि स्थिति असामान्य बनेको हो।

    प्रहरीको अग्रह नमोपछी र्‍यालीमा सहभागी नेता कार्यकर्ता र प्रहरीबीच ठेलमठेल भएको हो। उक्त ठेलमठेल नियन्त्रणमा लिनप्रहरीले लाठीचार्ज गर्ने क्रममा केही घाइते भएको बताइएको छ।

    हिन्दूराष्ट्र र राजसंस्था पुनःस्थापना, प्रदेश संरचना खारेज, भ्रष्टाचारको अन्त्यलगायतका मागसहित राप्रपा नेपालले काठमाडौंमा दबाबमूलक कार्यक्रम गरेको हो ।


    बिहिवार, चैत्र १ २०८००३:२०:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij