काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)एमालेको केन्द्रीय कानून विभागको सदस्यमा संविधान सभा अध्यक्ष स्व.सुवास नेम्वाङका पुत्र अधिवक्ता सुहाङ नेम्वाङ मनोनीत हुनु भएको छ।
नेम्वाङलाई महासचिव शंकर पोखरेलले कानून विभागमा मनोनीत गरेको पत्र दिनु भएको छ। सुहाङ इलाम २ को उपनिर्वाचनमा एमालेबाट उम्मेदवारका आकांक्षीसमेत हुनुहुन्छ। इलाम २ मा आगामी बैशाख १५ गते उपनिर्वाचन हुँदैछ।