काठमाडौं। क्यानडाका लागि नेपालका आवासीय नवनियुक्त राजदूत भरतराज पौडेलले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। पौडेलले आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लनु भएको हो।
राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहकाबिच राजदूत पौडेलले शपथ ग्रहण गर्नुभएको राष्ट्रपतिको सचिवालयले जानकारी द्एिके छ।
राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार सरकारका उच्चपदस्थ अधिकारीको उपस्थितिमा शपथ ग्रहण समारोह भएको हो ।