Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

राष्ट्रिय सभाका विषयगत समितिका सभापतिहरूको निर्वाचन चैत ४ गते हुने

राष्ट्रिय सभाका विषयगत समितिका सभापतिहरूको निर्वाचन चैत ४ गते हुने

  • बुधवार, फाल्गुण ३० २०८०

  • 558
    SHARES

  • राष्ट्रिय सभाका विषयगत समितिका सभापतिहरूको निर्वाचन चैत ४ गते हुने
    काठमाडौं । राष्ट्रिय सभाका विषयगत समितिका सभापतिहरूको निर्वाचन चैत ४ गते हुने भएको छ। बुधबार (आज)को राष्ट्रिय सभा बैठकमा समिति सभापतिको निर्वाचनको मिति तोकिएको हो।
     
    बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभाको नियमावली, २०७५ को नियम १५० बमोजिम राष्ट्रिय सभाका विषयगत समितिका सभापतिहरूको निर्वाचनका लागि मिति २०८० चैत ४ गते आइतबारको दिन तोकेको जानकारी गराउनुभयो। 
     
    उहाँले समिति सभापतिहरूको निर्वाचन सम्बन्धी कार्यक्रमको सूचना प्रकाशित गर्न राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्याललाई निर्देशन पनि दिनुभयो। 
     
    राष्ट्रिय सभाको अर्को बैठक चैत २ गते शुक्रबार बिहान ११ बजेर १५ मिनेटमा बस्नेछ।


    बुधवार, फाल्गुण ३० २०८००४:३९:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij