Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत

  • बुधवार, फाल्गुण ३० २०८०

  • 799
    SHARES

  • प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट विश्वासको मत पाउनुभएको छ । बुधबारको बैठकमा उहाँले विश्वासको मतका लागि प्रस्ताव पेस गर्नुभएको थियो ।

    मतदानमा २६८ जना सहभागी थिए। प्रधानमन्त्रीको मत माग्ने प्रस्तावको पक्षमा १५७ मत परेको थियो। प्रस्तावको विपक्षमा ११० मत परेको थियो। र मत दिन्न भन्ने पक्षमा १ मत परेको थियो। सभामुख देवराज घिमिरेले विश्वासको मत लिने प्रस्ताव बहुमतले पारित भएको घोषणा गर्नुभयो।

    विश्वासको मत माग्ने क्रममा प्रधानमन्त्री प्रचण्डले देश औसत उपलब्धिहरुमा रमाउन सक्ने अवस्थामा नरहेको र औसत र तदर्थ सरकार चलाएर पदको रक्षा गर्नभन्दा जोखिम उठाएरै भए पनि देश र जनताको हितमा युगान्तकारी काम गर्ने आफ्नो संकल्प गरेको बताउनुभएको थियो।

    प्रधानमन्त्री प्रचण्डलाई नेकपा एमाले,माओवादी केन्द्र,रास्वपा,जसपा,नेकपा एकीकृत, नागरिक उन्मुक्ति र तीनजना स्वतन्त्र सांसद ( प्रभु साह,अमरेश कुमार सिंह र योगेन्द्र मण्डल) ले विश्वासको मत दिएका हुन्। कांग्रेस,राप्रपा,लोसपा,जनमतलगायतले मत दिएनन्।

    प्रधानमन्त्री प्रचण्डले तेस्रो पटक विश्वासको मत पाउनुभएको हो । प्रचण्डले यसअघि  २६ पुस  २०७९ मा पहिलो पटक र  ६ चैत्रमा दोस्रो पटक विश्वासको मत लिनुभएको थियो । पहिलो पटक बैठकमा उपस्थित २७० सांसदमध्ये  २६८ जनाले प्रचण्डलाई मत दिएका थिए।  दोस्रो पटक बैठकमा उपस्थित २६२ सांसदमध्ये १७२ जनाले मत दिएका थिए।

    फागुन २१ गते नयाँ सत्ता समीकरण बनेपछि नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिनुभएको हो। सरकारलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिएमा एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। 

    गत २०७९ पुस १० गते कांग्रेसको गठबन्धन तोडेर एमाले नेतृत्वको गठबन्धनबाट प्रधानमन्त्री नियुक्त भएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले १४ महिनामा तेस्रो पटक विश्वासको मत लिनुभएको हो ।

    नेकपा एमाले,माओवादी केन्द्र,रास्वपा,जसपा,एकीकृत समाजवादी,नागरिक उन्मुक्ति पार्टीलगायतले प्रधानमन्त्री प्रचण्डलाई भोट हाल्न ह्विप नै जारी गरेका थिए। २७५ सदस्यीय प्रतिनिधि सभामा प्रधानमन्त्रीलाई विश्वासका लागि १३८ मत आवश्यक थियो।

    प्रतिनिधिसभामा नेपाली कांग्रेसका ८८,एमालेका ७९,माओवादी केन्द्रका ३२,रास्वपाका २१,राप्रपाका १४,जसपाका १२ र नेकपा एकीकृतका १०,जनमतका ६,लोसपाका ४ जना,नागरिक उन्मुक्तिका ४,नेपाल मजदुर किसान पार्टीका १,राष्ट्रिय जनमोर्चाका १, स्वतन्त्र ३ जना सांसद छन्। 

    जसमध्ये कांग्रेस सांसद टेकबहादुर गुरूङ र एमाले सांसद टोपबहादुर रायमाझी निलम्बनमा परेका छन् भने इलाम(२ मा सुवास नेम्बाङको निधन भएकाले त्यहाँ उपनिर्वाचन हुँदैछ।


    बुधवार, फाल्गुण ३० २०८००३:५२:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij