Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

‘प्रधानमन्त्रीज्यू, एमाले–कांग्रेस एकैठाउँ उभिए तपाईंको हालत के होला? रुँदै कहाँ जाने हो ?’

‘प्रधानमन्त्रीज्यू, एमाले–कांग्रेस एकैठाउँ उभिए तपाईंको हालत के होला? रुँदै कहाँ जाने हो ?’

  • बुधवार, फाल्गुण ३० २०८०

  • 948
    SHARES

  • ‘प्रधानमन्त्रीज्यू, एमाले–कांग्रेस एकैठाउँ उभिए तपाईंको हालत के होला? रुँदै कहाँ जाने हो ?’

    काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमाले र कांग्रेस एकैठाउँमा मिले कहाँ जाने हो सोच्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गर्नुभएको छ।

    आज जारी प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीको विश्वासको प्रस्तावमाथिको छलफलका क्रममा उहाँले पहिले धोका पाएको एमाले र कांग्रेस मिले तपाईको हालत के होला ? कहाँ जानुहुन्छ ? भन्दै प्रश्न गर्नुभयो।

    उहाँले भन्नुभयो, ‘पोहोर एमाले विपक्षमा रहेको,अहिले कांग्रेस विपक्षमा रहेको,पक्षको मात्रै जोड्दै गर्दा पालैपालो विपक्षमा रहेको क्लियर हुँदैन र हिसाब? धोका खाएकाहरू एकै ठाउँमा उभिए भने नि,धोका खाएकाहरू एक हौँ भनेर नारा लाग्यो भने नि?, तब राजनेताको गद्दीको हालत के होला सम्माननीय प्रधानमन्त्रीज्यू? अघि यहाँले कांग्रेसको कसैलाई राजनेता भन्नुभएको छ।’

    उहाँले एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबिच सहमति हुने संकेत गर्दै प्रचण्डको प्रधानमन्त्रीको पद नरहने चेतावनी दिनुभयो।

    महामन्त्री शर्माले भन्नुभयो,‘कुरा नचल्ने भनेर भन्नुभयो पूर्व प्रधानमन्त्रीज्यू (केपी शर्मा ओली) ले, तलबाट हाम्रा सभापतिज्यूले इसारा गरेर कुरा चल्ने हो भन्नुभयो । कुरा नचल्नेहरूको कुरा चल्न सुरु ग¥यो भने यहाँको यात्राचाहिँ कता चल्छ होला प्रधानमन्त्रीज्यू।’ शर्माले कांग्रेस माओवादीको मात्रै बलमा ठुलो पार्टी नभएको दाबी समेत गर्नुभयो।


    बुधवार, फाल्गुण ३० २०८००२:१३:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij