Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

‘प्रतिपक्षले निहुँ खोजे शान्ति प्रक्रिया टुँगोमा पुग्दैनः’ प्रधानमन्त्री प्रचण्ड

‘प्रतिपक्षले निहुँ खोजे शान्ति प्रक्रिया टुँगोमा पुग्दैनः’ प्रधानमन्त्री प्रचण्ड

  • बुधवार, फाल्गुण ३० २०८०

  • 917
    SHARES

  • ‘प्रतिपक्षले निहुँ खोजे शान्ति प्रक्रिया टुँगोमा पुग्दैनः’ प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिपक्षले निहुँ खोजिरहे शान्ति प्रक्रियाका बाँकी काम नटुंगिने चेतावनी दिनुभएको छ। आज प्रतिनिधि सभाको बैठकमा विश्वासको मत माग्दै उहाँले प्रतिपक्षमा बस्नेले निहुँ खोज्दै जाने हो भने शान्ति प्रक्रियाका काम कहिल्यै नटुंगिने बताउनु भएको हो ।

    उहाँले सबै राजनीतिक दलको सहमतिमा टुंग्याउन आवश्यक रहेको भन्दै कांग्रेस पनि यसमा उत्तिकै आवश्यक कडी बन्नुपर्ने बताउनु भयो। प्रधानमन्त्रीले सहमतिमा टुंग्याऔँ भन्ने कुरामा विमति नहुने तर सहमतिमा टुंगो लगाउन नसकिएको बताउनु भयो।

    प्रधानमन्त्री प्रचण्डले उहाँले अब नेपाली काँग्रेसले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन विमति गर्नु नहुने बताउनु भयो। उहाँले राजनीतिक अस्थिरताले सिजर्ना गरेको सामाजिक अराजकता,आक्रोशलाई परिवर्तन ल्याउन सरकारले विश्वासको मत दिन आवश्यक रहेको बताउनु भयो।

     


    बुधवार, फाल्गुण ३० २०८००२:०१:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij