Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

‘कांग्रेसले पोहोर विश्वासको मत दिन हुने, अहिले नहुने ?’

‘कांग्रेसले पोहोर विश्वासको मत दिन हुने, अहिले नहुने ?’

  • बुधवार, फाल्गुण ३० २०८०

  • 468
    SHARES

  • ‘कांग्रेसले पोहोर विश्वासको मत दिन हुने, अहिले नहुने ?’

    काठमाडौं। सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीलाई पोहोर साल विश्वासको मत दिएको काँग्रेसले अहिले आएर दिन किन मिलेन भन्ने प्रश्न गर्नुभएको छ।

    प्रनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै ओलीले गतवर्ष विपक्षमा रहेकै अवस्थामा कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको स्मरण गराउँदै अहिले विश्वासको मत दिन केले छेक्यो ? भन्ने प्रश्न गर्नुभएको हो।

    पोहोर साल आफूले प्रस्ताव गरेर प्रचण्डलाई प्रधानमन्त्री बनाएको तर कांग्रेसले प्रतिपक्षमा रहेर विश्वासको मत दिएको ओलीको भनाइ थियो।उहाँले भन्नुभयो,‘पोहोर समर्थन गर्न हुने,अहिले किन नहुने? मान्छे उही हो, पोहोर पनि नेपाली कांग्रेस सरकारमा थिएन।’

    पोहोर दुई महिनामै सरकार परिवर्तन गर्दा अस्थिरता भएन, तर अहिले सरकार परिवर्तन गर्दा कसरी अस्थिरता भयो भनेर पनि ओलीले प्रश्न गर्नुभयो।


    बुधवार, फाल्गुण ३० २०८००१:३७:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij