Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

लुम्बिनीका पूर्वप्रमुख धर्मनाथप्रसाद यादवको निधन

लुम्बिनीका पूर्वप्रमुख धर्मनाथप्रसाद यादवको निधन

  • बुधवार, फाल्गुण ३० २०८०

  • 405
    SHARES

  • लुम्बिनीका पूर्वप्रमुख धर्मनाथप्रसाद यादवको निधन

    काठमाडौं । लुम्बिनी प्रदेशका पूर्वप्रमुख धर्मनाथप्रसाद यादवको ८० वर्षको उमेरमा निधन भएको छ।

    सिरहा गोलबजार नगरपालिका ६ खरहीटोलका यादवको गएराती आफ्नै निवासमै निधन भएको हो।

    पेशाले शिक्षक यादव पक्षघातका बिरामी हुनुहुन्थ्यो । उहाँले २०१६ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिनुभएको थियो ।

    यादवलाई मन्त्रिपरिषदको सिफारिसमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७६ साल कात्तिक १८ गते लुम्बिनी प्रदेश प्रमुख नियुक्त गर्नुभएको थियो। २०७८ साउन १२ गते शेरबहादुर देउवानेतृत्वको सरकारले उहाँलाई पदमुक्त गरेको थियो।


    बुधवार, फाल्गुण ३० २०८००७:४५:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij