Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल निर्वाचित, प्रचण्डको उथलपुथलमा कांग्रेस रुष्ट, समयको माग रहेको नयाँ गठबन्धनको ठहर(खासखबर)

राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल निर्वाचित, प्रचण्डको उथलपुथलमा कांग्रेस रुष्ट, समयको माग रहेको नयाँ गठबन्धनको ठहर(खासखबर)

  • मंगलवार, फाल्गुण २९ २०८०

  • 765
    SHARES

  • राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल निर्वाचित, प्रचण्डको उथलपुथलमा कांग्रेस रुष्ट, समयको माग रहेको नयाँ गठबन्धनको ठहर(खासखबर)

    काठमाडौं। राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल निर्वाचित हुनुभएको छ। राष्ट्रिय सभामा रहेका ४ दलको सहयोगमा दाहाल अध्यक्षमा निर्वाचित हुनुभएको हो। एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी दलको सहयोगमा दाहाल अध्यक्षमा निर्वाचित हुनुभएको हो।

    बैठकको अध्यक्षता गर्नुभएकी राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले मत विभाजन प्रक्रियाबाट मतदान गराउँदा दाहालले ३९ मत पाएर निर्वाचित हुनुभयो। उहाँका प्रतिस्पर्धी युवराज शर्माले १७ मत पाउनुभयो।

    राष्ट्रिय सभामा मतदान पूर्व नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुङ्गानाले प्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धन परिवर्तन गरेर सत्तामा बस्न बिहारका मुख्यमन्त्री नितिश कुमारको शैली पछ्याएको बताउनुभएको थियो।

    कांग्रेस सांसद युवराज शर्मालाई राष्ट्रिय सभा अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दै ढुङ्गानाले बिहारका मुख्यमन्त्री नितिशकुमारले ९ पटक गठबन्धन फेरेर सरकारमा बसेका कारण उनलाई त्यहाँ ‘पल्टुराम’ भन्ने गरेको बताउँदै प्रचण्ड पनि त्यही बाटोमा रहेको बताउनुभयो ।

    राष्ट्रियसभा सदस्य गोपीबहादुर अछामीले अहिलेको समिकरण पनि यथार्थपरक रहेको दाबी गर्नुभयो। व्यवस्था परिवर्तनका खातिर सबैको योगदानको चर्चा गर्दै उहाँले समयको मागलाई सबैले स्वीकार गर्नुपर्ने बताउनुभयो।

    यता, एक फरक प्रसंगमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि आफूहरुलाई सरकारमा जान हतार नभएपनि आवश्यकता रहेको दाबी गर्नुभयो । मुलुकनै डुब्ने अवस्थामा सम्हाल्नुको विकल्प नरहेको उहाँको भनाइ थियो ।

    एकअर्कालाई कमजोर देखाएर राजनीतिक रोटी सेक्ने नेपाली प्रचलननै हो । यतिबेला प्रचण्डको इसारामा नेकपा एमालेका अध्यक्ष ओली नाचेका छन् । ओलीले सरकारको आलोचना नगर्न आफ्ना नेता कार्यकर्ताहरुलाई ठाडो निर्देशन समेत दिइसकेका छन् । यता, राष्ट्रियसभा अध्यक्षमा पनि प्रचण्डका भाई दाहाल सहजै विजयी बनेका छन् ।


    मंगलवार, फाल्गुण २९ २०८००८:०४:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij