Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

‘युवाको पहिलो कर्तव्य राष्ट्रको सेवा हो’: प्रधानमन्त्री ‘प्रचण्ड’

‘युवाको पहिलो कर्तव्य राष्ट्रको सेवा हो’: प्रधानमन्त्री ‘प्रचण्ड’

  • मंगलवार, फाल्गुण २९ २०८०

  • 758
    SHARES

  • ‘युवाको पहिलो कर्तव्य राष्ट्रको सेवा हो’: प्रधानमन्त्री ‘प्रचण्ड’

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक युवाको पहिलो कर्तव्य राष्ट्रको सेवा हुने बताउनु भएको छ।आज राष्ट्रिय सेवा दलद्वारा सञ्चालित १८औँ ब्याच सिनियर डिभिजन तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो।

    प्रधानमन्त्रीले बदलिँदो विश्व परिवेशमा अनुशासित र राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता भएको बताउनुभएको छ। उहाँले प्रधानमन्त्रीले युवा सशक्तीकरण तालिमले सामर्थ्यवान्, उद्यमशील, सृजनशील एवं सकारात्मक सोचयुक्त भविष्यका कर्णधारहरू तयार गरी राष्ट्रको पक्षमा अर्थपूर्ण योगदान दिन सक्ने सक्षम युवाहरू उत्पादनमा सरकार हरसम्भव प्रयासरत रहेको बताउनुभयो।

    प्रधानमन्त्रीको निजी सचिवालयअनुसार युवाको नेतृत्व विकास, नैतिक आचरण र अनुशासनमा निखार ल्याउँदै सबल, सभ्य र सचेत नागरिक बनाउन राष्ट्रिय सेवा दल तालिम उपयोगीसिद्ध हुने गरेको आफूले पाएको प्रधानमन्त्रीले बताउनुभयो।

    प्रधानमन्त्रीले विविध परम्परा, संस्कृति र संस्कारको प्रतिनिधित्व गर्दै नेपालका विभिन्न स्थानबाट आई तालिममा सहभागी भएका युवालाई एउटै छानामुनि बसेर सैनिक कला तथा समसामयिक विषयमा ज्ञान आर्जन गर्नाका साथै एकअर्काको परम्परा, मूल्य, मान्यता, संस्कृति र संस्कार बुझ्ने मौका प्राप्त भएको उल्लेख गर्नुभयो ।


    मंगलवार, फाल्गुण २९ २०८००५:२३:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij