काठमाडौं। सत्तारुढ प्रमुख दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नयाँ सत्ता समीकरण एमालेले बनाएको बताउनु भएको छ। आज बसेको संसदीय दलको बैठकमा ओलीले सरकार परिवर्तन आफूहरूले नै गराएको तर सरकारमा जाने हतारोले भने नबनाको बताउनु भयो।
उहाँले एमालेले बनाएको नया समिकरणलाई चीनले गराएको भनेर टाढा नपु¥याउनसमेत आग्रह गर्नुभयो।
उहाँले भन्नुभयो,“यो परिवर्तन हामीले गरेको,गराएको हो, यति जस त हामीलाई दिनुस्, कहाँ चीन पु¥याएको यति सानो कामलाई पनि। चीनले बनाइदियो रे,चीन आयो रे,चीन घुस्यो रे! यस्ता कुरा नगर्नुस्,यत्रो मिहिनेत गरेर बनाइएको छ। यति जस त हामीलाई दिए हुन्छ नि! कहाँ अर्कालाई दिएको हो?”
ओलीले पहिलेको गठबन्धन ‘खरानीको डल्लो’ भएकाले फुटाइ दिएको बताउँदै भन्नुभयो,“गठबन्धनमा हुनेहरूको उन्माद थियो। यो खरानीको डल्लो अमर छ,तोडफोड नै हुन नसक्ने कुरा थियो। खरानीको डल्लो फुट्नुपर्थ्यो।”