काठमाडौं। जनमत पार्टीले वर्तमान सत्ता सहकार्यमा नजोडिने र इलाम तथा बझाङमा हुने उपनिर्वाचनमा आफ्नै उमेदवार उठाउने निर्णय गरेको छ।
पछिल्लो फागुन २३ गते बसेको केन्द्रीय सचिवालय बैठकले उक्त निर्णय गरेको पार्टी प्रवक्ता डा.शरदसिंह यादवले जानकारी दिनुभयो।
आउँदो वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन हुँदै छ। सोही दिन बझाङ प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ मा लागि उपनिर्वाचन हुँदैछ ।