Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

सत्तारुढ पाँच दलबिच सात बुँदे सहमति (सहमतिपत्रसहित)

सत्तारुढ पाँच दलबिच सात बुँदे सहमति (सहमतिपत्रसहित)

  • मंगलवार, फाल्गुण २९ २०८०

  • 1.2K
    SHARES

  • सत्तारुढ पाँच दलबिच सात बुँदे सहमति (सहमतिपत्रसहित)

    काठमाडौं। वर्तमान सत्ता गठबन्धनमा आवद्ध पाँच दलबिच सात बुँदे सहमती भएको छ। बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका दलहरु नेकपा (माओवादी केन्द्र), नेकपा(एमाले),राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल र नेकपा (एकीकृत समाजवादी)का बिचमा सात बुँदे सहमति भएको हो।

    आज बसेको बैठकले जनचाहनाअनुरूप सुशासन, विकास र सामाजिक न्यायका आकाङ्क्षा पूरा गर्न,राष्ट्रिय हित र सरोकारलाई प्राथमिकतामा राखेर सन्तुलित र फराकिलो अन्तर्राष्ट्रिय सम्बन्धको विकास गर्न तथा नेपालको संविधानको मर्म र भावनाअनुरूप सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै समृद्धिको दिशामा प्रभावकारी ढङ्गले अघि बढ्नेलगाएतका विषयमा सहमती जनाएका हुन्।

    सहमतिपत्रमा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, रास्वपा सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गर्नुभएको छ।

    यस्तो छ सहमति पत्रः

    a.jpg

     

     


    मंगलवार, फाल्गुण २९ २०८००२:५३:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij